माझि समुदायको कथा फिल्ममा

Bantheअल्पसङ्ख्यक माझि समुदायको कथा फिल्ममा देखाइने भएको छ । फिल्म ‘बन्ठे’ले नेपालका पुर्वी क्षेत्र खासगरी कोशी नदीको किनारामा बसोबास गर्ने माझि समुदायको कथा उठाउन खोजेको छ । फिल्मको मंगलबार माननीय सुचना तथा सञ्चारमन्त्रीले शेरधन राईले नरिवल फुटाएर शुभमुहुर्त गरे ।
मुहुर्त समारोहमा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । उपस्थित सबैले यस चलचित्रको सफलताको शुभकामना व्यक्त गरे ।
युवा निर्देशक भोमन कटुवालको निर्देशनमा निर्माण गरिने उक्त चलचित्रमा संचिता लुँईटेल, उमेश शिवाकोटी,मनिष भण्डारी, परि शाक्य, किरन संखर लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । कलाकारहरुले कथालाई न्याय गर्न सक्ने खालको अभिनय गर्नेमा कार्यक्रममा उपस्थित बिशेष अतिथि नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले आशा ब्यक्त गरेक थिए । युबी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रले नेपाली फिल्मि जगतमा घट्दै गएको नेपाली मौलिकता र वास्तविकतालाई सम्बोधन गर्ने खालका चलचित्रको अभावलाई पुर्ति गर्ने चलचित्रकी कार्यकारी निर्माता दुर्गा घिमिरे शिवाकोटीले बताईन । यो चलचित्र निर्माणमा खगेन्द्र फूँयल, बिशाल प्रसाद अधिकारी र शारदा खड्का समेत छ्न । चलचित्रमा राजु किँरातीको द्वन्द, देव खड्काको नृत्य, रमेश कोईराला र डि।पि। गुरुङको सङ्गीत छ भने फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन ।
नेपालका पुर्वी क्षेत्र खासगरी कोशी नदीको किनारामा बसोबास गर्ने माझि समुदायलाई प्रतिनिधित्व गर्ने भएकोले यसको छायांकन समेत उदयपुर र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुमा गरिने छ जसको जिम्मा छायाँकार बिजय बस्नेतले पाएका छन । आगामी फागुन २२ गतेबाट छायांकनको काम सुरु हुने निर्माण पक्षले जनाएको छ

Namaste Filmy

Read Previous

'नाइ नभन्नु ल ४' को टाइटल गीत रिलिज । भिडियो

Read Next

फागुन २४ मा चितवनमा विपुल क्षेत्रीको वृहत कन्सर्ट