पहिलो दिन 'ड्रिम्स'को कलेक्सन उच्च, दर्शकबाट मिश्रित प्रतिक्रिया

dreams-Darsak-1 (1)आजबाट रिलिज बहुप्रतिक्षित फिल्म ‘ड्रिम्स’ले अन्तत दर्शकको ब्यापक साथ पाएको छ । फिल्मले रिलिजको पहिलो दिन नै अत्यन्तै उत्साहजनक कलेक्सन गरेको छ । यो कलेक्सनलाई नेपाली फिल्मको इतिहासमै उदाहरणिय ब्यापार भनिएको छ ।
फिल्म हेर्न राजधानी लगायत मोफसलमा मुख्य शहरहरुमा दर्शकको सागर नै उर्लिएका थिए । शुक्रबार राजधानीको मल्टिप्लेक्स हलहरुमा ‘ड्रिम्स’ले अहिलेसम्मकै सबैभन्दा धेरै शो पनि पाएको थियो । फिल्मका लागि करिब साता अघि देखि नै दर्शकले टिकट अग्रिम बुकिङ गरेका थिए ।
मोफसलमा पनि ‘ड्रिम्स’ले पहिलो दिन सुखद ब्यापार गरेको छ । फिल्मको लागि मुख्य ब्यापारिक केन्द्र चितवनमा अहिलेसम्मकै नेपाली फिल्ममध्यको सर्वाधिक कलेक्सन फिल्मले गर्यो । फिल्मले पहिलो दिन मा नै चितवनका विभिन्न ६ वटा हलबाट ६ लाखभन्दा बढि कलेक्सन गरेको छ । यो चितवनबाट एक दिनमै उठेको सबैभन्दा धेरै रकम हो ।
यस्तै पोखरामा पनि फिल्मको कलेक्सन ५ लाखभन्दा माथि रहेको बताइएको छ । मल्टिप्लेक्स र सिंगल थियटरमा हाबी देखिएको ड्रिम्सलाई हेटौडाका दर्शकले पनि साथ दिएका छन । त्यस्तै पुर्वका अधिकांश हलहरुमा दर्शक ओभरफ्लो भएको रिपोर्ट छ । मोफसलका विभिन्न स्थानका हल सञ्चालकहरु फिल्मको ब्यापार उत्कृष्ट रहेको बताउछन । Dreams-anmolमल्टिप्लेक्स हलहरुमा फिल्म हेर्न अधिकांश टिनएज युवावर्गको भीड देखिन्थ्यो । जसकारण नयाँ पुस्ताका स्टार अनमोल कै कारण पहिलो दिनमा दर्शक उर्लिएको सहज अनुमान गर्न सकिन्छ । अनमोलको बर्तमान क्रेज र स्टारडमका कारण फिल्म चलेको अधिकांश हल सञ्चालकहरु स्वीकार्छन ।
यता फिल्म हेरेका दर्शकहरुले भने फिल्मको खुलेर तारिफ गर्न सकेनन् । टिनएज बर्गले फिल्मको प्रशंसा गरे पनि अधिकांशले भने फिल्म अपेक्षाकृत नरहेको बताए । फिल्मको कथा अल्मलिएको र अनावश्यक उल्झनले दर्शकलाई दिकदारी लाग्ने उनीहरुको प्रतिक्रिया छ । फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले सोचेअनुरुपको फिल्म नभएको दाबी गरे । अनमोलको स्टारडम र भुवन केसीको चर्चाले फिल्म ब्लकबस्टर भए पनि सैद्धान्तिक रुपमा फिल्म उत्कृष्ट नबनेको उनीहरुको भनाई छ । यसबाट खराब माउथ पब्लिसिटी हुने सम्भावना देखिएको छ ।
भुवन केसीको निर्देशनमा बनेको पहिलो फिल्म ड्रिम्समा अनमोलसँगै सम्रज्ञालक्ष्मी शाह, सन्ध्या केसी लगायतको अभिनय छ । फिल्मको उच्च क्लालिटीको मेकिङ, लोकशन, सिनेम्याटोग्राफीलाई भने दर्शकले वाह गरे । तर मुख्य फिल्मको कथामा नै दर्शकले असन्तृष्टि देखाएको छ ।

Namaste Filmy

Read Previous

यी हिरोइनले पनि गरिन गोप्य बिवाह

Read Next

सञ्जयलाई भेट्न समेत गएका छैनन् सलमान