‘जंगे’को टिजर सार्वजनिक।भिडियो

चलचित्र ‘जंगे’को टिजर सार्वजनिक गरिएको छ ।फिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन । सुसन प्रजापतिको निर्माण रहेको फिल्म ऐतिहासिक घटनाहरुलाई पृष्ठभूमी बनाएर तयार पारिएको राजनितिक थ्रिलर (पोलिटिकल थ्रिलर) हो । फिल्मलाई साहस, दृढता र महत्वकांक्षाको कथा भनिएको छ ।
jungeआईडियाज एण्ड ईमेजेज र अभाना प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा निर्माता प्रजापतिकै कथा रहेको छ भने सुभाष कोइराला र एम एस अग्रजको पटकथा संवाद रहेको छ ।चलचित्रमा सुरज सिंह ठकुरी, शिखा शाही,ऋचा शर्मा, अनुप बराल, दिपशिखा शाही शुशांक मैनाली लगायत अभिनय रहेको छ ।चलचित्र वैशाख १७ गतेदेखि प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

‘के म तिम्रो होइन र’ को फस्टलुक पोस्टर सार्वजनिक,आर्यन र मरिष्काको डेब्बु

Read Next

‘वीर बिक्रम’मा दयाहाङ र दियाको रोमान्स हेर्नुहोश ।भिडियो