सेक्सी हिरोलाई मातृशोक

Imran hasmee-inबलिउडमा सेक्सी छवि बनाएका हिरो इमरान हासमीलाई मातृशोक परेको छ । उनको आमा माहेरा हासमीको शुक्रबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनकी आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनले अन्तिम सास फेरिन् ।

इमरान शुक्रबार दिउँसो आमाको निधन हुँदा हाल सुटिङ भइरहेको फिल्म ‘राज ४’ का लागि विदेशमा थिए । आमाको निधनको खबर सुनेपछि उनले सुटिङ रोकेर तुरुन्तै मुम्बई फर्किएको बताइन्छ ।

Namaste Filmy

Read Previous

‘भाग् सानी भाग्’को प्रचार प्रसारमा हास्य कलाकारहरु।भिडियो

Read Next

रोज राणाको 'पर्शुराम' बाट बिराज भट्ट रजतपटमा कमब्याक हुदै