'नाइ नभन्नु ल ४' को ट्रेलर रिलिज । भिडियो

nai nabhannu la 4बहुप्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ४’ को अफिसियल ट्रेलर रिलिज भएको छ । सोमबार राजधानको एक कार्यक्रमको आयोजना गर्दे फिल्म युनिटले २ मिनेटभन्दा लामो ट्रेलर रिलिज गरेको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु सबै फिचरिङ छन । ट्रलरले प्रेम, रोमान्स तथा बेदनाको दृश्यहरु पेश गरेको छ । दर्शकले निकै प्रतिक्षा गरेको फिल्म चैत्र २६ मा रिलिज हुदैछ ।
फिल्मलाई बिकास आचार्यले निर्देशन गरेका हुन । फिल्ममा सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी सँगै नवनायक पल शाह, नवनायिका आँचल शर्मा, बर्षा राउत लगायतको अभिनय छ । शिशिर भण्डारी, मरिचमान श्रेष्ठ लगायतको पनि फिल्ममा अर्थपुर्ण भुमिका छ ।

Namaste Filmy

Read Previous

टिभी अभिनेताले गरे आत्महत्या

Read Next

ग्यास बोक्दै ‘लुकामारी’ गर्दै सौगात मल्ल