
प्रमोद खरेललको स्वरमा सजिएको ‘चाहिँदैन मलाई तोपको सम्मान चाहिँदैन सलामी बनाउन सकुँ खुशीले बोक्ने चारजना मलामी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द र अर्जुन पोखरेलले संगीत रहेको यस गीतमा एसएसपी रमेश खरेलले अभिनय गरेका छन्। भिडियो सार्वजनिक सगै एसपी रमेश खरेल फेरी चर्चामा आएका छन् ।भिडीयोमा एसएसपी रमेश खरेल, सनम कठायत लगायत थुप्रै मोडलहरुको अभिनय रहेको छ ।भिडियोलाई शसान कँडेलले निर्देशन गरेका हुन्।अर्जुन तिवारीले छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई छोटो समयमा नै युटुबमा चालिस हजार भन्दा बढी पटक हेरी सकेका छन् ।

