दर्शकसंगै होली मनाउने तयारीमा 'नोभेम्बर रेन' ।

[dropcap][/dropcap]गामी चैत्र १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म नोभेम्बर रेनले यस बर्षको होली दर्शकहरुको बीचमा पुगेर मनाउने तयारी गरेको छ । अगामी चैत्र १, २ र ३ गते नोभेम्बर रेन को टोली देशका मुख्य मुख्य शहरहरुमा होली मनाउनको लागी पुग्नेछन ।novकाठमण्डौमा रहेको फिल्मको प्रोडक्सन हाउस सुवास इन्टरटेन्टमेन्टको कार्यलय परिसरमा चैत्र १ गते होली मनाउने तयारी फिल्म टोलीको छ । त्यस्तै चैत्र २ र ३ गते भने मोफसलका प्रमुख शहरहरु धरान, दमक, हेटौडा, नारायणघाट, पोखरा, धनगढि लगायतका ठाउमा फिल्म टोली होली खेल्दै पुग्ने छ ।

फिल्मको प्रचारप्रसार पनि हुने र दर्शकसंग नजिकबाट परिचित हुने अवसर पनि पाइने भएकोले यसबर्षको होली दर्शकसंगै रमाइलो गरि मनाउने योजना फिल्म युनिटले बनाएको हो । एक निर्माता सुवास गिरि मलेसियामा ब्यस्त भएको र अर्का अभिनेता निर्माता आर्यन सिग्देलले पब्लिसिटीमा समय नदिएको भन्दै आलोचना भइरहेको बेला पब्लिसिटीको यो फरक काइदा फिल्म युनिटले निकालेको हो ।nov1दिनेश राउत ले निर्देशन गरेको फिल्मलाई सुवास इन्टरटेन्टमेन्टको ब्यानरमा आर्यन सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेका हुन । फिल्ममा आर्यन संगै नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

रेखाले ‘हिम्मतवाली’को निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालेको बारेमा निर्देशक भट्टराईको प्रेस विज्ञप्ति

Read Next

अनुभव भन्दैछन 'फेरी फेरी फेरी नाइ नभन्नु ल' । गीत रिलिज ।