शिव परियारको गीतमा झरना सग माया माग्दै पल शाह ।भिडियो

चर्चित गायक शिव परियारको नया गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।’माया देउ मायालु ‘बोलको सार्वजनिक गीतमा स्वर र संगीत शिव परियारको रहेको छ ।यस गीतको शब्द शिव परियार ,लोक राज अधिकारी,सुरज थापाले मिलेर लेखक हुन् ।
shiva pariyar_namastefilmyशिव परियारको एघारौ एल्बम ‘शिवालय”मा समाबेश यस गीतलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।दिपक सिंहले कोरियोग्राफर गरेको यस गीतमा पल शाह र झरना मल्लको अभिनय रहेको छ ।अहिलेको युवा पुस्तामा चलेका गायक शिव परियार , म्युजिक भिडियो निर्देशक निकेश खड्का र युवा पुस्तक चर्चित मोडल पल शाह एकै साथ देखिएको यस गीतलाई युवा पुस्ताको मन जित्नें देखिन्छ ।निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई धिरज जंग शाहले छायांकन गरेका हुन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘भाग् सानी भाग्’र ‘लक्ष्य'

Read Next

ग्रामीण कथामा 'रोल्पा रोग' । ट्रेलर सार्वजनिक