अनुभव भन्दैछन 'फेरी फेरी फेरी नाइ नभन्नु ल' । गीत रिलिज ।

[dropcap][/dropcap]छिल्लो पटक निकै चर्चा बटुलेको फिल्म ‘नाइ नभन्नु ल २’ को टाइटल गीत ‘फेरी फेरी फेरी नाइ नभन्नु ल’ रिलिज गरिएको छ । बिहिबार युटुबमा पहिलो पटक सार्वजनिक गरिएको गीतमा प्रतिभावान गायक प्रेम परियार र रजिना रिमाल को स्वर रहेको छ । बसन्त सापकोटाको संगीत र प्रभा आचार्यको शब्द रहेको गीतमा बालकलाकारद्धय अनुभव रेग्मी र सुज्ञानी भट्टराई फिचरीङ छन ।Picture1बालप्रेमलाई आकर्षक ढङगले प्रस्तुत गरिएको गीत स्रोताहरुको लामो प्रतिक्षा पश्चात रिलिज भएको हो ।

अगामी चैत्र २८ मा अलनेपाल रिलिजको तयारीमा रहेको फिल्मलाई बिकास आचार्यले निर्देशन गरेका हुन । वान टाइम सिनेमा को ब्यानरमा दिनेश पोखरेलले निर्माण गरेको फिल्ममा जीवन लुइटेल, सरोज खनाल, सुरजसिह ठकुरी, प्रियंका कार्की, बर्षा सिवाकोटी सिताराम कट्टेल धुर्मुस लगायत बालकलाकारद्धय अनुभव रेग्मी र सुज्ञानी भट्टराईको सशक्त अभिनय रहेको छ ।
फिल्म ‘नाई नभन्नु ल २’  ‘नाई नभन्नु ल’ को सिक्वेलको रुपमा निर्माण भएको हो । यसअघि रिलिज गरिएका फिल्मका दुई गीतलाई दर्शक ले राम्रो साथ दिएपछि सार्वजनिक गरीएको नयां गीतलाई पनि दर्शकले रुचाउने निर्माण युनिटको बिश्वास छ । त्यस्तै गीत संगीतले पाएको हाइट ले गर्दा पनि फिल्मको ब्यापार राम्रो हुनेमा निर्माण युनिट आशावादी छन ।

गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

दर्शकसंगै होली मनाउने तयारीमा 'नोभेम्बर रेन' ।

Read Next

फ्राइडे रिलिज : ‘ब्रम्हा’ र ‘चियर्स’