अपिलको ‘झुम्की'को यस्तो छ फस्टलुक पोस्टर

अपिल बिष्टको निर्देशन रहेको चलचित्र ‘झुम्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक पोस्टरमा रीश्मा गुरुङ, दयाहाङ राई,मनोज आरसीलाई देख्न सकिन्छ ।‘द्वन्द्वकालमा एउटी कम्लरी युवतीले केकस्ता सास्ती भोग्छे भन्ने कथा यस चलचित्रमा देखाउना खोजिएको छ । थरुनी केटी र प्रहरीविच हुने प्रेमको कथालाई यसमा उठान गरिएको छ ।
ghumki-first-looknamaste filmuअपिल बिष्ट फिल्मस् र सिनेमा आर्टसको ब्यानरमा विजयविराज विष्ट निर्माता, सरिता केसी कार्यकारी निर्माता, प्रदीप आचार्य र सुशील अधिकारी सहनिर्माता रहेको ‘झुम्की’को पटकथा ‘कबड्डी’‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, प्रमोद अग्रहरि, भोलाराज सापकोटा, विजय बराल, वसन्त भट्ट, लुनिभा तुलाधर, बाल्मिकी पोखरेल, आकाश बुढाथोकी, प्रेम वर्षा, उज्ज्वल शर्मा, कमलप्यासी देवकोटा, अंकित खड्का र बिजेन कार्की लगायतको अभिनय रहेको छ। फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत, साम्तेन भुटियाको निर्माण परिकल्पना र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । ‘झुम्की’बाट चलचित्र निर्माता अपिल विष्ट निर्देशनमा हात हालेका हुन् ।उनले यस अघि ‘दासढुंगा’ र ‘ऋतु’‘ चलचित्र निर्माण गरेका थिए।चलचित्र भदौ ९ गतेबाटप्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

अर्चना पनेरु र 'जिस्म' फिल्म युनिट प्रहरी नियन्त्रणमा

Read Next

दीपाश्री निरौलाको निर्देशनमा ‘छक्का पन्जा’ को छायांकन सुरु