
अनमोल केसीको अभिनय रहेको चलचित्र ‘गाजलु’ जेठ २१ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता रोहित अधिकारीले केहि दिनमा नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिने बताए पनि वितरक कम्पनी एफडीले भने चलचित्र जेठ २१ मा रिलिज गर्ने तयारी गरिएको जानकारी दिएको छ ।
बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘गाजलु’ मा ३ वटा हिट चलचित्र दिएपछि स्टारको रुपमा चिनिएका नायक अनमोल केसी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अनमोलको हिट चलचित्र ‘होस्टेल,र ‘जेरी’निर्देशन गरेका हेमराज वीसीले चलचित्र ‘गाजलु’निर्देशन गरेका हुन् ।अनमोलको ब्यबसाहिक रुपमा सफल चलचित्र ‘ड्रिम्स’ फागुन २१ गते प्रदर्शन भईरहेको छ ।

