फ्राइडे रिलिज : ‘ब्रम्हा’ र ‘चियर्स’

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात फाल्गुन ३० गते बाट दुई नेपाली चलचित्र ‘ब्रम्हा’ र ‘चियर्स’ प्रदर्शन हुँदैछन् ।
यसपटकको फ्राइडे रिलिजमा रहेका चलचित्रहरुको बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :
‘ब्रम्हा’
10008431_453454324784611_416992292_n
निर्देशक ऋषी न्यौपानेले निर्देशन गरेको चलचित्र ‘ब्रम्हा’ फ्राइडे रिलिज अन्तर्गत फाल्गुन ३० काठमाडौं तथा मोफसलका पर्दामा प्रदर्शन हुँदैछन् ।भुपेन बस्न्यात र सि.जे. पाण्डेको लगानी रहेको चलचित्र ‘ब्रम्हा’ मा रागीनी खड्गी, एनी कुँवर, निर्मल सेन्चुरी,बिक्रम क्षेत्री आदिको मुख्य अभिनय रहेको छ ।पुर्णरुपमा मनोरञ्जनात्मक रहेको चलचित्रको द्धन्द्ध निर्देशन सम्राट बस्नेतले गर्नु भएको छ । सुमधुर संगितले सिंगारिएको चलचित्रमा चेतन सापकोटा, बसन्त सापकोटा र अमित श्रेष्ठले संगीत दिनु भएको छ । भने स्वरुपराज आर्चाय, माण्डवी त्रीपाठी, दिपक लिम्बु, , रेजिना रिमाल लगायतकाको स्वरआकंन गरिएको छ । खासगरी पारिवारीक कथा वस्तु र सामान्य प्रेम कथा रहेको चलचित्रमा द्धन्द्ध प्रधानका साथै सांगितिक संयोजन समेत रहेको चलचित्र आकर्षक रहेको छ । बब्लु थापाको नृत्य निर्देशन रहेको चलचित्रको छायाकार पवन गौतम रहेका छन् ।

‘चियर्स’
1004705_681127078595851_14122133_n
तेस्तै फ्राइडे रिलिज अन्तर्गत फाल्गुन ३०गते शुक्रबारबाट काठमाण्डौका हलसहित उपत्यका बाहिरका हलबाट दर्शकमाझ चलचित्र ‘चियर्स’ पनि प्रदर्शन आउने भएको छ ।नब निर्देशक पवन गौतम निर्देशित पहिलो चलचित्र ’चियर्स’ मा भूपेन चन्द, पुष्कर जंग थापा, महिमा सिलवाल,खुस्बू श्रेष्ठ ,कृष्टि पौडेल , लगायतका कलाकारको अभिनय छ ।सरोज खत्री ,राजाराम के.सी.सबिन सुयालले मिलेर निर्माण गरेको चलचित्र ‘चियर्स’मा दिपक बाँनियाको छायाँकन,एक्शन जनक गुरुङ ,सम्पादन युबराज खत्री ,नुत्य कविराज गहतराज .संगीत सन्तोष /नगेन्द्र राजबंसी रहेको छ । रोचक कुरा क छ भने चलचित्र ‘ब्रम्हा’ का छायाकार पवन गौतमले नै चलचित्र ‘चियर्स’लाई निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

अनुभव भन्दैछन 'फेरी फेरी फेरी नाइ नभन्नु ल' । गीत रिलिज ।

Read Next

पत्रकारहरुसँग होलि खेलो चलचित्र "फिटकिरी" युनिटले