सञ्चारकर्मी सुवेदीको 'लालजोडी'भदौ १७मा

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र ‘लालजोडी’को प्रदर्शन मिति तय गरिएको छ ।सुवेदीको निर्माण ,कथा रहेको ‘लालजोडी’भदौ १७ गते बाट देश भरका सिनेमा घरमा प्रदर्शन गरिने भएको छ ।
laljodiनक्कली बाबुराम भट्टराईको रुपमा परिचित ज्योती काफ्ले, रजनी केसी,आयुष्मा कार्की, बुद्धी तामाङ ,पुरन थापा ,सिपि पौडेल ,गोबिन्द कोइराला,यादव पुडासैनी लगायतको मुख्य अभिनय रहेको छ ।दिलासा क्रियसनको ब्यानरमा निर्माण भएको ‘लालजोडी’मा नायिका रेखा थापाले समेत एक गीतमा आवाज दिएकी छिन् ।चलचित्रमा टंक बुढाथोकी ,सन्तोष श्रेष्ठ र थानेश्वर गौतमको संगीत रहेको छ भने रामेश्वर कार्कीको छायांकन , रामजी लामिछानेको कोरियोग्राफि रहेको छ ।अहिले चलचित्रको पोस्ट प्रोडक्सनको काम धमाधम भैरहेको छ ।

Namaste Filmy

Read Previous

'सायद २'को रिलिज मिति सार्वजनिक ,मङ्सिर ३ बाट प्रदर्शनमा आउने

Read Next

शिव परियारको 'छड्के तिम्रो नज़रले'गीतको भिडियो सार्वजनिक