पत्रकारहरुसँग होलि खेलो चलचित्र "फिटकिरी" युनिटले

यहि चैत्र ७ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र “फिटकिरी” ले राजधानीमा बिहिबार पत्रकारहरुसँग होलि खेलेको छ। पत्रकार भेटघाट कार्यक्रममा चलचित्र “फिटकिरी” युनिटले शुभकामना आदानप्रदान गर्नुको साथै एक आपसमा रंग दलेर होलि खेलेका थिए ।
fitkiri-news-pic
चलचित्र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चलचित्र “फिटकिरी” को नायिका बाहेक अन्य सबै कलाकार तथा प्राबिधिकहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा निर्देशक अनुप बरालले आफ्नो पहिलो निर्देशकिय फिल्मबाट पाउने प्रतिक्रियाको लागि आफु निकै नै उत्सुक रहेको बताए ।उक्त कार्यक्रममा निर्माता अर्जुन कुमारले ‘फिटकिरी’ को प्रदर्शनाधिकार जापान, फिनल्यान्ड, अष्ट्रेलिया र हङकङमा बिक्री भैसकेको जानकारी दिए ।
1897702_635296246508360_1850815702_n
अर्जुनकुमारको साथमा सुमित मैनालिको पनि लगानि रहेको सो चलचित्र कलाकार अनुप बरालले निर्देशन गरेका हुन् । चलचित्र “फिटकिरी” मा सौगात मल्ल , निश्चल बस्नेत ,दिया मास्के , शान्ति गिरि ,निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘ब्रम्हा’ र ‘चियर्स’

Read Next

दशरथ गिरीले ‘कैफियत"निर्देशन गर्ने