एक साता पछाडि सर्यो 'रोल्पा रोग'

Rolpa-Rog_namastefilmy2बैशाख १७ बाट रिलिजको तयारीमा रहेको फिल्म ‘रोल्पा रोग’को रिलिज मिति एक साता पछाडि सरेको छ । नयाँ रिलिज मितिअनुसार फिल्म अब बैशाख २४ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ ।
फिल्मका निर्देशक दिपक वलीले हल सञ्चालक, बितरक एवं अन्य फिल्मका निर्माताहरुसँगको छलफलबाट रिलिज मिति पछि सार्ने निर्णय गरिएको जानकारी दिए । उनले बैशाख १७ गते अन्य दुई नेपाली फिल्म पनि रिलिज हुने भएकाले कुनै पनि फिल्मको निर्मातालाई मर्का नपार्ने उद्देश्यले रिलिज मिति सारेको प्रस्ट्याए । २४ गते आफ्नो फिल्मले धेरै हल पाउने सम्भावना पनि रहेको उनको भनाई छ ।
निर्मला वलीको प्रस्तुति र ए वान मुभि मेकरको ब्यानरमा थलबहादुर वलीले फिल्म निर्माण गरेका हुन । फिल्म दिपक वलीको डेब्यु निर्देशन हो । फिल्ममा शिशिर भण्डारी, कुलदीप भण्डारी, जनक घर्ती मगर, शुशिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, काश्मिर रसाइलीलगायतको अभिनय रहेको छ ।
फिल्मले द्धन्दकालको कथा उठाएको छ । बिशुद्ध ग्रामिण कथावस्तु र परिवेश समेटिएको फिल्म जनयुद्ध सुरु भएको जिल्ला रोल्पा केन्द्रित छ ।

Namaste Filmy

Read Previous

जीवन लुइटेल ‘बाजीगर’बन्दै ,हेर्नुहोश ट्रेलर। भिडियो

Read Next

मबिन्द्र र मेलिनाको 'यो माया हो' । भिडियो सार्वजनिक