मबिन्द्र र मेलिनाको 'यो माया हो' । भिडियो सार्वजनिक

mabindra_melinaपाश्र्वगायनमा जम्दै गएकी गायिका मेलिना राई र युवापुस्तामाझ लोकप्रिय गायक मबिन्द्र राईको युगल गायनमा ‘यो माया हो’ सार्वजनिक भएको छ । लामो समयको गृहकार्य र मिहेनत पछि गीत बजारमा ल्याएको गायक मबिन्द्र राईले बताए ।
गीतको भिडियोलाई छोटो समयमै दर्शकले निकै रुचाएका छन । भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया अहिले दर्शकले दिइरहेका छन । गीतको अडियो पनि निकै उत्कृष्ट बनेको छ । गायक मबिन्द्रकै सँगीत रहेको गीतमा बिष्णु इङनामको शब्द रहेको छ ।
गीतको भिडियो गायक सहित सम्पुणै टीम नै मिलेर निर्देशन गरेका छन । त्यसकारण कसैलाई भिडियो निर्देशक भनेर तोकेका छैनन् । साथीहरु मिलेर सबैले उतिकै मिहेनत गरेकाले कसैलाई निर्देशक नभनिएको गायक मबिन्द्र बताउछन ।
भिडियोमा बबिता फोम्बो र बिष्णु इङनाम फिचरिङ छन । ब्रिजेश श्रेष्ठले सम्पादन गरेको भिडियोलाई मज्जाको राज किम्डुङ, संजित श्रेष्ठ, मेगराज मगरातिले खिचेका हुन । गीतले गायक गायिका दुवैले एउटा उचाईमा पुर्याउने देखिएको छ ।

Namaste Filmy

Read Previous

एक साता पछाडि सर्यो 'रोल्पा रोग'

Read Next

यशकुमारको भिक्षु अवतार । 'बाटोमुनिको फूल २' ट्रेलर रिलिज