छविको ‘किस्मत २’असोज २१ बाट प्रदर्शनमा

नेपाली चचित्र क्षेत्रका पुराना तथा सफल निर्माता छविराज ओझाको नया चलचित्र ‘किस्मत २’को रिलिज मिति फाइनल गरिएको छ ।यस अघि चैत्र २६ र श्रावण २८ गरेर २ पटक सम्म रिलिज गर्ने तयारी गरिए पनि अब भने चलचित्र बिजया दशमीको अबसर परेर असोज २१ बाट प्रदर्शनमा आउने भएको छ ।
kisamt 2 agrementमंगलबार राजधानीमा चलचित्रको वितरण गोपाल कायस्थ र राजधानी बाहिरको एफडी कम्पनीका प्रमुख नरेन्द्र महर्जनले चलचित्र असोज २१ बाट प्रदर्शनको लागि सहमति गरेका छन् । चलचित्र ‘किस्मत २’ लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, किशोर खतिवडा, पृथ्वीराज प्रसारई ,सन्तोष पन्त, सपना श्रेष्ठ, रश्मि भट्ट ,सुशान्त श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । फिल्ममा साप्यिराज तिमिल्सिनाको लेखन, मदन कस्य घिमिरेको छयांकन, चन्द्र पन्तको द्धन्द, दीपक शर्मा  र अर्जुन पोखरेलको संगीत रहेको छ ।छबिराज प्रोडक्सन ब्यानरमा निर्मित ‘किस्मत २’मा दिजेन्द्र शाक्यको पनि लगानी रहेको छ ।

Namaste Filmy

Read Previous

यशकुमारको भिक्षु अवतार । 'बाटोमुनिको फूल २' ट्रेलर रिलिज

Read Next

अनमोल केसीको जन्मदिन पारेर 'गाजलु'को फर्स्टलुक पोस्टर सार्वजनिक