चलचित्र ‘जंगे’ छायांकनको फोटो सार्वजनिक,चलचित्रमा पाच निर्देशकको अभिनय (फोटो फिचर )

jange6बैशाख १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंगे’को अहिले फिल्मी नगरीमा राम्रै चर्चा हुने गरेको छ । चलचित्रको ट्रेलर र गीत संगीतको चर्चाले गर्दा अहिले एउटा सम्भावना बोकेको चलचित्रको रुपमा ‘जंगे’लाई हेर्न थालिएको छ ।पर्दामा जंग बहादुर राणाको शासनकालको चित्रण गर्ने प्रयास निर्माण टीमले गरेका छन । तत्कालीन समयको राजनिति नै फिल्मको मुख्य कथाबस्तु हो ।
jange3अहिले हामीले चलचित्र छायांकन गर्दाको केहि फोटो सार्वजनिक गरेका छौ जसमा चलचित्र छायांकन गर्दा कस्तो माहोल देखिएको थियो अनुमान लगाउन सकिन्छ ।चलचित्र छायांकन गर्दा चलचित्रको निर्माता शुसन प्रजापतिलाई अरिंगालले टोकेर उनले बिरामी समेत बनाएको थियो ।अर्को रोचक कुरा के छ भने चलचित्र ‘जंगे’मा नेपाली चलचित्रका पाच जना निर्देशक ले एक साथ अभिनय समेत गरेका छन् ।
jange piceचलचित्रमा निर्देशकहरु सुरज सिंह, जोएस पाण्डे ,नरेश पौड्याल , अनुप बराल र अग्रज केसीको अभिनय रहेको छ ।फिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन ।चलचित्रलाई शुसन प्रजापतिले निर्माण गरेका हुन् । फिल्ममा सुरजसिहं ठकुरी, अनुप बराल, ऋचा शर्मा, दिपशिखा ठकुरी, शुशांक मैनाली ,प्रदिप ढकाल लगायतको मुख्य अभिनय रहेको छ ।आईडियाज एण्ड ईमेजेज र अभाना प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा निर्माता प्रजापतिकै कथा रहेको छ भने सुभाष कोइराला र एम एस अग्रजको पटकथा संवाद रहेको छ ।
jange7
jange5
jange 1
jane9
jane4
gange2

Namaste Filmy

Read Previous

अनमोल केसीको जन्म दिन पारेर ‘म त तिम्रै हुँ’ को रिलिज मिति घोषणा

Read Next

२०७२ को अन्तिम ठुलो भिडन्त ‘राम प्यारी’ र ‘नाई नभन्नु ल ४’,यस बर्ष औलामा गन्न सकिने फिल्म मात्रै फाइदामा