
२०७२ सालमा देशमा आएको ठुलो भुकम्प र भारतले गरेको नाकाबन्दीले नेपाली चलचित्र उद्दोगलाई ठुलै नोक्सानी गरेको छ ।नेपालीले चलचित्र राम्रै चल्न थालेको अबस्थामा भुकम्पले देश सगै चलचित्र नगरीमा पनि ठुलै नोक्सानी भयो ।नाई नभन्नु ल ३ र हवल्दार सुन्तलीले राम्रै ब्यबसाय गर्दा गर्दै भुकम्प पछि बिग्रिएको चलचित्र उद्धोगमा भुकम्प पछि दर्शक हलमा जनै डराएका थिए ।
बिस्तारै भुकम्पको डर हराउदै गए पछि भाद्र बाट मात्रै चलचित्र पुन राम्रो सग लग्न थाले ।हेस्टेल रिटन्स र वडा नम्बर छ चलचित्रले उत्कृस्ट ब्यबसाय गरेको मात्रै के थियो फेरी भारतले लगाएको नाकाबन्दीले चलचित्रलाई असर गर्न थलो ।दशैंमा प्रदर्शनमा आएको परदेशीले सानदार ब्यबसाय गर्न सफल भयो भने अन्य चलचित्र नराम्रो सग फ्लप हुन पुगे ।
फेरी चलचित्र सोचे जस्तो चल्न सकेन् मंसिरमा कबड्डी कबड्डीको सुपर हिट प्रदर्शन पछि फेरी चलचित्र चल्न छोडेका थिए ।माघ २९ गते प्रदर्शनमा आएको प्रेम गीत र फागुन २१ गते रिलिज भएको ड्रिम्सले पुन नेपाली फिल्म हेर्ने दर्शकलाई हल सम्म तान्न सफल भयो ।यो बर्ष पनि हातको औलामा गन्न सकिने चलचित्रले मात्रै आफ्नो लगानी उठाएर फाइदा कमाउन सफल भए भने धेरै जसो चलचित्रले आफ्नो पोस्टरको पैसा समेत उठाउन सकेन् ।
अब यो बर्षको दुई बहुप्रतिक्षित चलचित्र ‘राम प्यारी’ र ‘नाई नभन्नु ल ४’को एक साथ ठुलै भिडन्त हुदैछ ।यो बर्ष सम्भावना बोकेका यी दुई चलचित्र नया बर्षको अबसरमा यहि चैत्र २६ गते बाट प्रदर्शनमा आउदै छ ।नेपाली चलचित्र क्षेत्रको स्टार नायिका रेखा थापाको ‘राम प्यारी’ र हिट फिल्मको सिक्वेल ‘नाई नभन्नु ल ४’को यस भिडन्तले अहिले चलचित्र नगरी तातेको छ।
आफुले निर्माण गरेको सबै चलचित्र ब्यब्साहिक रुपमा सफल भएकी रेखाको ‘राम प्यारी’र बिकाश आचार्यको सफल चलचित्र नाई नभन्नु ल को सिक्वेल ‘नाई नभन्नु ल ४’दुवै चलचित्रले राम्रो व्यसाय गर्ने लगभग पक्का जस्तै हुदा पनि कुन चलचित्रको कमाई माथि हुन्छ यो भने सबैको चर्चाको बिषय रहेको छ ।यस पाली नया बर्ष सगै चैते दशैँ लगायतको सार्वजनिक बिदा धेरै परेकोले यी दुवै चलचित्रले आफ्नो लगानी सजिलै उठाउने देखिन्छ ।तर दुई चलचित्र सगै भिडन्त हुने भए पछि कसको चलचित्र बढी सफल हेन भन्ने कुरा आउछ यसको लागि भने अब केहि दिन कुर्ने पर्ने देखिन्छ ।
चलचित्र ‘रामप्यारी’मा रेखा ट्याम्पु चालक महिला बनेकी छिन् भने चलचित्रमा उनि दोहोरो भूमिका देखिदै छैन ।चलचित्रमा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्र लाइ सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र ‘नाई नभन्नु ल ४’मा अनुभव रेग्मी,प्रियंका कार्की,पल शाह, बर्षा राउत,आचल शर्मा सरोज खनाल , मरिचमान श्रेष्ठ,शिशिर भण्डारी,पुष्प आचार्य लगायतको अभिनय रहने छ । चलचित्रलाई विकास आचार्यले ,लेखन निर्देशन तथा निर्माण गरेका हुन् ।

