दशरथ गिरीले ‘कैफियत"निर्देशन गर्ने

निर्देशक दशरथ गिरीको निर्देशनमा चलचित्र  ‘कैफियत” निर्माण हुने भएको छ । नयाँ वानेश्वस्थित अल्फा हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओम दक्षिणकाली फिल्म प्रालीको पहिलो प्रस्तुती रहेको  चलचित्र ‘कैफियत’ को बिहिबार  औपचारिक निर्माणको घोषणाको साथै  शुभ-मुहुर्त गरिएको  छ ।
IMG_6655
चिन्तामणि बराल र धन देवकोटाले मिलेर निर्माण गर्न लागेको चलचित्र  ‘कैफियत” मा अभिनेत्री नन्दिता केसी,नविन श्रेष्ठ, सिपी पौडेल, शंकर शाही ठकुरी, किसन सुनुवार र सजना थापा ‘रोज’ लगायत कलाकारको मुख्य अभिनय रहने छ   ।अभिनेत्री नन्दिता केसी पहिलो पटक पर्दामा दोहोरो भूमिकामा प्रस्तुत हुने सो चलचित्रको पत्रकार सम्मेलनमा नायिका नन्दिता केसीको हात बाट साईतको प्रसाद सोरुप लड्डु  बाँड्न लागाएको  थियो।
1897708_635277193176932_485470601_n
माधव शर्माको पटकथा एवं संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत,रामेश्वर कार्कीको छायांकन रहने  चलचित्र  ‘कैफियत”  सुटिंग भने  काठमाडौं र पोखरामा  गरिदैंछ । चलचित्रको  छायाँकन आउँदो चैत ६ गतेबाट प्रारम्भ हुने निर्देशक गिरीले जानकारी दिए ।

Namaste Filmy

Read Previous

पत्रकारहरुसँग होलि खेलो चलचित्र "फिटकिरी" युनिटले

Read Next

'मुखौटा'को एक्सक्लुसिभ ट्रिजर रिलिज । (भिडियो)