
बलिउड स्टारहरुले आफ्ना सन्तानलाई बलिउडमै स्थापित गराउन ठुलै कसरत गर्छन् । यो ट्रेन्ड बिगतदेखि नै छ । यहि क्रममा अभिनेता अनिल कपुरले पनि आफ्नो छोरा हर्षबर्धन कपुरमा बलिउडमा डेब्यु गराएका छन । अहिलेकी टप हिरोइन मानिने सोनम कपुरका भाइसमेत रहेका हर्षबर्धन फिल्म ‘मिर्जिया’ बाट बलिउड डेब्यु हुदैछन ।
उनको फस्टलुक हालै सोनमले सार्वजनिक गरिन् । तस्वीरमा उनी निकै फरक र इम्प्रेसिभ देखिन्छन । एक हिरोमा हुनुपर्ने सबै गुण देखेकाले ब्रेक दिएको मिर्जिया निर्देशक राकेश ओमप्रकाशको भनाई छ । फिल्म एक प्रेम कहानी हो ।
आफ्नो भाईको बलिउड इन्ट्रिलाई लिएर सोनम निकै उत्साहित छिन । उनले आफ्नो भाइको मिहेनत अनि लगनको तारिफसमेत गरेकी छिन ।

