'बाटो मुनिको फूल २' ह्रेने अन्तरजातीय जोडीललाई स्कुटर उपहार

bato munikoप्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाटो मुनिको फूल २’आज राजधानीमा पत्रकार सम्मेलनको गरेर चलचित्रको गीत र ट्रेलर देखाइएको छ । वैशाख १० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ‘बाटो मुनिको फूल २’ हेर्ने दर्शकलाई निर्माण युनिटले स्कुटर उपहार दिने घोषणा गरेको छ ।
bato muniko fullचलचित्र ‘बाटो मुनिको फूल २’ हेर्ने दर्शकमध्ये अन्तरजातीय बिहे गर्ने जोडीले बिहे दर्ता र चलचित्रको अधकट्टी टिकट यो चलचित्रको फेसबुक पेजमा राख्नुपर्नेछ । गोलाप्रथाबाट एक जना दर्शक छानिने र उनलाई स्कुटर प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो ।चलचित्रको निर्माता तथा अभिनेता यशकुमारले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यो उपहार योजनाको घोषणा गरेका हुन् ।
यशसँगै दिलिप रायमाझी, बाबु बोगटि, अर्पण थापा, अशिष्मा नकर्मी, ऋचा शर्मा, रिमा बिक, टिका पहाडी लगायत फिल्मका मुख्य कलाकाहरु हुन । सुवर्ण थापाले यस चलचित्रलाई निर्देशन गरेका हुन् ।

photo by Mazzako Onlinebato muniko phool2

Namaste Filmy

Read Previous

यी हुन अनिल कपुरका छोरा, बलिउडमा गर्दैछन डेब्यु

Read Next

बर्ष २०७२ : भुकम्प र नाकाबन्दीको मारमा नेपाली फिल्म (समिक्षा)