‘के म तिम्रो होइन र’को शानदार एक्सन ट्रेलर सार्वजनिक । भिडियो

‘कोहिनूर’ निर्देशक आकाश अधिकारीको नया चलचित्र ‘के म तिम्रो होइन र’ को ट्रेलर रिलिज गरिएको छ ।आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर र दुई गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा फिल्मको अडियो एल्बम पनि बिमोचन गरिएको थियो । बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्मका गीतमा डाक्टर कृष्णहरी बराल, सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छ । चलचित्रमा उदितनारायण झा, अन्जु पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज रहेको छ ।
aaryan adअधिकारी ब्रदर्स पिक्चर्स प्रा.लिको प्रस्तुती र द् स्काई मुभिजको सहकार्यमा निर्माण भएको फिल्म ‘के म तिम्रो होइन र’ मा नव नायक आर्यन अधिकारी र नव नायिका मरिस्का पोखरेलको मुख्य भूमिका रहेको छ ।‘के म तिम्रो होइन र’ मा आर्यन र मरिस्कासँगै गौरी मल्ल, मिथिला शर्मा, प्रज्वलसुजल गिरी, सुरेन बसेल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी र बिनोद केसीको अभिनय रहेको छ ।सार्वजनिक ट्रेलरमा रोमान्स, प्रेम र एक्सन देख्न सकिन्छ ।बैशाख ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।चलचित्रमा हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको कोरियोग्राफी, दिनेश गैडा र राजु पेन्टरको कला, अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

Namaste Filmy

Read Previous

रंगपत्रकार ज्ञानेन्द्र तामाङ पनि अभिनयमा

Read Next

प्रत्युषा आत्महत्याको कारण 'गर्भवती' ?