प्रत्युषा आत्महत्याको कारण 'गर्भवती' ?

Pratushyaसानो पर्दाको ठुला स्टार प्रत्युषा बेनर्जीले गत शुक्रबार आत्महत्या गरिन् । चर्चित सिरियल बालिका बधुबाट हरेक टिभी दर्शकको मनमा बसेका उनले एक्कासी आत्महत्या गरेको खबर धेरैलाई पत्याउन गाह्रो भयो ।
अहिले उनको मृत्युको कारणबारे पुरा भारतमै चर्चा छ । जिवनमा यति सफलता हासिल गरिसकेकी स्टारले यसरी किन आत्महत्या गरिन् सबैतिर चासो बिषय बनेको छ । उनको मृत्युको कारण ब्वाइफ्रेन्ड हुनसक्ने अनुमान प्रहरीले सुरुवातमै गरेको थियो । आम फ्यानहरुले पनि प्रेमकै कारण सुसाइड गरेको हुनसक्ने अनुमान गरीरहेका छन ।
तर अहिले उनको आत्महत्याको नयाँ रहस्य अगाडि आएको छ । उनको शव पोस्टमार्टम गर्ने क्रममा डाक्टरले उनी गर्भवती भएको हुनसक्ने तथ्य भेट्टाएको भारतीय मिडियामा उल्लेख छ । प्रत्युषाको पिसाबमा सेतो पदार्थ भेटिएको बताइन्छ । चिकित्सकका अनुसार त्यस्तो पदार्थ कि गर्भवतीको सुरुवाती अवस्थामा देखिन्छ कि पिसाबमा इन्फेक्सन भएमा । उनी गर्भवती भए नभएको प्रस्ट हुन थप चिकित्सकले थप परिक्षण गरिरहेका छन ।
प्रहरीले भने गर्भ बसेकै कारण मानसिक तनावमा आई प्रत्युषाले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाएको छ ।

Namaste Filmy

Read Previous

‘के म तिम्रो होइन र’को शानदार एक्सन ट्रेलर सार्वजनिक । भिडियो

Read Next

गौरवमय ५१ औ दिनमा 'प्रेमगीत'को भव्य पार्टी, कभर गायन बिजेता सागर लाई १ लाख