'हाक्पारे' लिएर आए रुकमान

Rukman hakpareगायक रुकमान लिम्बु एक फरक खालको नयाँ गीत लिएर स्रोतामाझ आएका छन । ‘हाक्पारे ख्याली पालम’ बोलको गीत लिएर उनी स्रोता दर्शकमाझ आएका हुन । उक्त गीतको भिडियो बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरियो ।
पुर्णरुपमा लिम्बु सस्कृति र पुर्वेली पहिचान दिलाउने गीत तथा भिडियोलाई कार्यक्रममा उपस्थित सबैले तारिफ गरे । कार्यक्रममा विभिन्न चर्चित कलाकारदेखि सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । पुर्वेली लोकगीत शैलीको ‘हाक्पारे ख्याली’ लाई दर्शक स्रोताले रुचाउनेमा गायक रुकमान ढुक्क देखिए । उनले यसअघिका गीतहरुभन्दा यो भिन्न भएकाले आफ्नो करियरमा समेत गीतले इटा थप्ने आशा ब्यक्त गरे ।
गीतको शब्द योङजोम शेर्पाले लेखेका हुन भने संगीत उत्तमजंग लिम्बुको रहेको छ । गीतको भिडियो निर्देशन भने युगल पोमोले गरेका छन । भिडियोमा हेमराज अन्छम्बो र निशा पोमोको अभिनय छ । भिडियो केहि दिनमा युटुबमै सार्वजनिक गरिने रुकमानको भनाई छ ।

Namaste Filmy

Read Previous

मर्द बिना रहन नसक्ने सन्नी लियोन । भिडियो

Read Next

देखियो रेखाको स्टारपावर । 'रामप्यारी' हेर्न दर्शकको ओइरो