
नेपाली म्यूजिक तथ फिल्मको क्षेत्रपनि फराकिलो हुदै गएको छ । नेपाली फिल्म मात्र होइन म्यूजिक भिडियो पनि बिदेशि भुमिमा छायांकन हुन थालेका छन् । यस्तै क्रममा यूएइका रमणिय स्थानमा खिचिएको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । दयाराम घिमिरेको निर्देशन एव छायांकन रहेको म्यूजिक भिडियो मा निशान थापा र सिर्जना कार्किको अभिनय देख्न सकिन्छ ।
निशानले यस अघि दिपक लिम्बुको आवाजमा रहेको गितमा अभिनय गरीसकेका मोडल हुन् । गितकार पुरुषोत्तम बस्नेतको एल्वम प्रजुशाको यस गितमा दिनेश गौतमको आवाज रहेको छ भने संगित पुष्तक प्रसादको हो । भिडियोका सम्पादक बिरेन्द्र भाट् बिपिन हुन् ।

