१३ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणी’परिचय पत्र

सोमबार सूचना तथा सञ्चार मन्त्री शेरधन रार्इले चलचित्र क्षेत्रमा लामो समय बिताएका र अमुल्य योगदान गरेका १३ जना चलचित्रकर्मीलाई साेमबार सिंहदरबारमा परिचय पत्र वितरण गरिएको हो ।विशिष्ट श्रेणी’को यस्ताे परिचय पत्र पाउनेहरुमा यादव खरेल, उद्धव पौडेल, नीर शाह, लक्ष्मीनाथ शर्मा, भूवन थापा चन्द, बसुन्धरा भुषाल, सुभद्रा अधिकारी, किरण खरेल, मञ्जु कुमार श्रेष्ठ, हरिप्रसाद रिमाल, चेतन कार्की, शकुन्तला शर्मा गुरुङ र गृहन्द्र धिमाल छन् ।
nir sammanचलचित्र विकास बोर्डले वितरण गरेको यो परिचय पत्रका आधारमा अब चलचित्रकर्मीहरुले विभिन्न खालका सुविधा र सम्मान पाउनेछन् ।नेपाल सरकारले अब चलचित्रकर्मीलाई ३ थरीको परिचय पत्र दिने भएको छ । जस अन्तरगत ‘विशिष्ट, वरिष्ठ र चलचित्रकर्मी परिचय पत्र’ रहनेछन् । विशिष्टको रंग रातो, वरिष्ठको रंग नीलो र सामान्य चलचित्रकर्मी परिचय पत्रको रंग हरियो रहनेछ ।
uddab-sammanविशिष्ट श्रेणीको परिचयपत्र नवीकरण गर्नु नपर्ने र वरिष्ठ श्रेणीको परिचय पत्रलाई ५-५ बर्षमा नवीकरण गर्नुपर्ने बताए ।चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार रार्इले वैशाखभित्रै अन्य चलचित्रकर्मीलाई पनि परिचय पत्र वितरण गर्ने बताउँदै यो सुरुवात मात्रै भएको बताए ।

Namaste Filmy

Read Previous

मन छुने ‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर रिलिज ।भिडियो

Read Next

“होम वर्क” को टिजर सार्वजनिक,हेर्नुहोश आर्यन सिग्देलको नया रुप ।भिडियो