जुन ४ मा अष्ट्रेलियामा 'रोल्पा रोग'

Rolpa Rogबैशाख २४ गते नेपाल रिलिज तय भएको चलचित्र ‘रोल्पा रोग’ अष्ट्रेलिया शो हुने भएको छ । फिल्म आउदो जुन ४ शनिबार अष्ट्रेलियाको सिड्नी शहरमा प्रदर्शन हुन लागेको हो । सिड्नीको Civic theater 14 macmahon street,hurstville,nsw ,2220,मा फिल्म देखाइनेछ ।
माया इभेन्टको सहकार्यमा नमस्ते इन्टरटेन्टमेन्टले अष्ट्रेलिया शोको ब्यवस्था मिलाएको हो । फिल्म हेर्न हरेक दर्शकका लागि २० डलरको टिकटको ब्यवस्था गरिएको छ । शो बाट संकलित रकम ट्युमर बिरामी अशोक श्रेष्ठको उपचारका लागि सहयोग गरिने फिल्मका निर्देशक दिपक वलीले जानकारी दिए ।
फिल्म रिलिज मिति नजिकिदै गर्दा फिल्मको बिदेशी राइट धमाधम बिक्रि पनि भइरहेको निर्देशक वलीको भनाई छ । उनले अन्य विभिन्न देशहरुमा पनि अब छिट्टै फिल्म प्रदर्शन हुने जानकारी दिए । नेपालमा पनि रिलिजका लागि सबै तयारी भइसकेको र ब्यापक प्रचारको क्रममा रहेको उनले बताए ।
बिशुद्ध ग्रामिण कथा र जीवनशैलीमा बनेको फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, बिनु खड्का, सुशील पोखरेललगायतको अभिनय रहेको छ । फिल्मलाई निर्मला वलीको प्रस्तुतीमा थलबहादुर वलीले निर्माण गरेका हुन ।

Namaste Filmy

Read Previous

शिवम् अधिकारीको निर्देशनमा गायक सुनिल सिंह ठकुरी चलचित्र निर्माण गर्दै

Read Next

अमेरिकामा बस्ने कलाकारले नेपाली कला संस्कृति चिनाउना खोले यूनाइटेड नेप्लिज आर्टिस्ट एसोसीएसन्यु