बन्ने भयो निखिलको 'भैरव रिटर्न्स'

Bhairav-Nikhil-anuअहिले निकै डिमान्डेन देखिएका हिरो निखिल उप्रेतीको हिट फिल्म ‘भैरव’को सिक्वेल स्वरुप ‘भैरव रिटर्न्स’ बन्ने भएको छ । बितरक तथा निर्माता गोपाल कायस्थ र निखिल स्वयमको लगानीमा फिल्म बन्ने पक्का भएको हो । फिल्ममा निखिलकै मुख्य भुमिका हुनेछ । ‘भैरव’मा निर्देशक समेत रहेका निखिल यसमा भने हिरो मात्रै रहनेछ । निर्देशनको जिम्मा अरु कसैलाई दिइने  बताइएको छ ।
फिल्म सम्भवत यसबर्षको मध्यतिर छयांकनमा जानेछ । यसअनुसार हेर्दा फिल्म रिलिज बर्ष २०७४ मात्रै हुने देखिन्छ । यो फिल्म भन्दा अगाडि निखिल किङ र निर्भयको काममा ब्यस्त हुनेछन । निकै ब्यस्त सेड्युल रहेकाले पनि फिल्मको छयांकन ढिलो गरिने बुझिएको छ ।
फिल्ममा को को रहने भन्ने तय छैन ।

Namaste Filmy

Read Previous

अमेरिकामा बस्ने कलाकारले नेपाली कला संस्कृति चिनाउना खोले यूनाइटेड नेप्लिज आर्टिस्ट एसोसीएसन्यु

Read Next

'सायद २' शुभमुहुर्त । मंसिर ३ मा रिलिज