'सायद २' शुभमुहुर्त । मंसिर ३ मा रिलिज

Sayed 2दुर्गिस फिल्मसको प्रस्तुतिमा हिट फिल्म सायदको सिक्वेल फिल्म ‘सायद २’ को शुभमुहुर्त गरिएको छ । फिल्मको बिहिबार कमलादीस्थित गणेश मन्दिरमा बिधिवत रुपमा पुजाआज गरि शुभुमुहुर्त गरिएको हो । पुर्णतय प्रेमकथामा बन्ने फिल्मलाई सफल निर्माता सुनिल रावलले निर्माण गर्दैछन ।
फिल्ममा सायदका कलाकार दोहोरिएका छैनन् । सुशिल श्रेष्ठ, अमित ढुङगाना , निशा कार्की, कुशल पाण्डे, सुनिल रावल लगायतको फिल्ममा अभिनय रहनेछ । फिल्मलाई बलिउडका ठुला फिल्ममा सहायकको रुपमा काम गरीसकेका पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन ।
फिल्म आउदो मंसिर ३ मा रिलिज गरिने तय भइसकेको छ । निर्माण नहुदै फिल्मले बितरकबाट एमजी पनि पाइसकेको छ । यसबाट निर्माता रावल निकै उत्साहित छन ।

Namaste Filmy

Read Previous

बन्ने भयो निखिलको 'भैरव रिटर्न्स'

Read Next

चर्चित पप गायिका मृत भेटिइन