आमिरले मनाए जन्मदिन । सलमानले किन फोन गरेन उनलाई ?

[dropcap]बी[/dropcap] टाउनका पर्फेक्टनिस्ट स्टार आमिर खान ले शुक्रबार आफ्नो ४८ औ जन्मदिन मनाएका छन । जन्मदिनको अवसरमा आफ्नै घरमा एक पत्रकार भेटघाट गरी उनले शुभकामना दिने सबै प्रति अभार ब्यक्त गरेका छन ।amirउनका अनुसार आमिरलाई सबैभन्द पहिलो शुभकामना उनकै पत्नी किरणले दिएकि थिइन । त्यसपछि उनलाई बधाइ तथा शुभकामनाको ओइरो नै लागेको थियो । तर हिजो अबेरसम्म पनि उनका हितैषी मित्र दवंग स्टार सलमान खानले फोन नगरेको मा भने उनी चकित खाइरहेका थिए । तर सलमानको दिलमा आफ्नो लागी धेरै प्यार रहेको र आफ्नो जन्मदिनमा शुभकामना दिन सलमान अवश्य आउने आमिर बताइरहेका थिए । उनले मिडियासामू नै केक पनि काटेका थिए । उनको बर्थडे सेलेब्रेट गर्नको लागी उनका भाई, बहिनी र आमा आउदै गरेको बताउदै उनले भने आजको समय सिर्फ मेरो परिवारको लागी हो ।amir 1उनले जन्मदिन समारोहमा आफुले खरीद गरेको मर्सिडिज बुलेटप्रुफ नरहेको पनि बताइरहेका थिए । आफुलाई सबै ले चिन्ने हुदा सामन्य जीवन जिउन गाह्रो भइरहेको र देश बहिर जादा कसैले नचिन्ने भएकोले सामन्य रुपमा जीवनयापन गर्ने गरेको पनि उनको भनाई थियो । उनले आफु १९६५ मार्च १४ का दिन जन्मिदा होली को दिन रहेको र जन्मिने बितिकै नर्सले आफुलाई रंग लगाइदिएकोले आफुलाई होली मनपर्ने भन्दै सबैलाई होली को शुकामना पनि दिएका थिए ।
उनको जन्मदिनको अवसरमा बलिउडका कयौ फिल्मकर्मीहरुले उनको आफ्नै घरमा पुगेर शुभकामना दिएका थिए ।

Namaste Filmy

Read Previous

'धुर्मुस' र 'सुन्तली' बने आमा बुवा (फोटो फिचर सहित )

Read Next

कोरियन विज्ञापनमा नेपाली मोडल दिक्पाल कार्की ।