कोरियन विज्ञापनमा नेपाली मोडल दिक्पाल कार्की ।

[dropcap][/dropcap]छिल्लो समय नेपाली मोडलिङमा राम्रो स्थान बनाउन सफल मोडल दिक्पाल कार्की दक्षिण कोरियको टेलिभिजनहरुबाट प्रसारण हुने एक बिज्ञापनमा देखिने भएका छन । उनले एक कोरीयाली कम्पनीले उत्पादन गरेको हिऊ तथा जाडोमा लगाउने जुत्ता तथा ज्याकेट ‘ब्ल्याक याक’ को बिज्ञापनमा मोडलिङ गरेका हुन ।dikpal1  बिज्ञापन अबको एक हप्ता मा दक्षिण कोरियका चर्चित टि भी च्यानलहरुबाट प्रशारण हुनेछ । करिब १० दिन लगाएर अन्नपुर्ण आधार शिविरमा छयांकन गरिएको बिज्ञापनमा नेपालका कलाकार दिक्पाल मात्र हुन, उनी संगै कोरियन चलचित्रका सुपरस्टार जो इन सङले समेत बिज्ञापनमा अभिनय गरेका छन । बिज्ञापन छयांकनका लागी करिब ६० जना कलाकार प्राविधिकको टोली नेपाल आएका थिए ।dikpal2
स्काई मुभिज मार्फत दिक्पाललाई भेटाएको बिज्ञापन निर्माण टोली ले थुप्रै मोडलमध्येबाट दिक्पाललाई छानेका रहेछन । यसरी बिदेशी बिज्ञापनमा अभिनय गर्ने मौका मिलेपछि अत्यन्त एक्साइटेड रहेको बताउदै दिक्पालले भने- ‘मलाई बिश्वास नै लागिरहेको छैन अझै पनि ।’
दिक्पालले विभिन्न नेपाली म्युजिक भिडियो तथा बिज्ञापनहरुमा अभिनय गरिसकेका छन । ¥याम्पमा पनि उतिकै उत्रने उनी अब छिट्ट ठुलो पर्दाको चलचित्रमा समेत देखिने तयारीमा छन ।dikpal3

Namaste Filmy

Read Previous

आमिरले मनाए जन्मदिन । सलमानले किन फोन गरेन उनलाई ?

Read Next

'नोभेम्बर रेन'को रिलिज डेट सर्यो ।