
अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत दिएको “तिमिले बाटो फेरौ अरे ” बोलको गीत अहिले सामाजिक संजाल युटुबमा भाइरल भएको छ । राजेश पायल राई,मेलिना राइ र जिग्मे छोकी घिसिङको आवाज रहेको यस गीतलाई अहिले सयौले गएर तथा भिडियो निर्माण गरेर युटुबमा पोस्ट गरेका छन् ।
१० लाख भन्दा बढिले हेरी सकेको यस गीतको फिल भर्सनमा संगीतकार टंक बुढाथोकीले पनि रेकर्ड गराएका छ ।दर्पन राइको शब्द रहेको यस गीतलाई दर्शक तथा स्रोतले यति मन पराएका छन् कि अहिले सबैको मुखमा यति गीत गुञ्जिन थालेको छ।सामाजिक संगाल युटुबमा कभर गीत गाउने बादी नै आएको बेला संगीतकारले समेत यस गीत गएर युटुबमा हाले पछि गीतको चर्चा झन् चुलिदै गएको छ ।टंकले स्रोत तथा दर्शकको आग्रहमा यस गीतको फिल भर्सनमा गीत रेकर्ड गराएका हुन् ।

