मिस नेपाल चितवनमा, गरियो भव्य सम्मान । फोटो फिचर

miss nepal 2016 Asmi Shrestha मिस नेपाल २०१६ को उपाधि जितेकी अश्मी श्रेष्ठ शुक्रबार चितवनमा पुगिन् । गृहजिल्ला चितवनको गृह नगर रत्ननगर पुग्दा उनलाई हजारौ फ्यानले घेरे । शुक्रबार त्यहाँ रहेका विभिन्न २७ संघसंस्थाले उनलाई भव्य स्वागत तथा सम्मान गर्ने कार्यक्रम आयोजना गरेको थियो । जसअनुसार नै होटल गंगोत्रीमा भव्य समारोहका बीच उनलाई भव्य सम्मान गरियो ।miss nepal 2016 Ashmi Shresthaसम्मान ग्रहण गरेपछि आफु अत्यन्तै हर्षित र उत्साहित भएको अश्मीले प्रतिक्रिया दिइन् । मिस नेपालको ताज जित्न यहाँ रहेको परिवार, आफन्त, गुरुबर्ग अनि अन्य विभिन्न संघसंस्थाको ठुलो भुमिका रहेको भन्दै उनले सबैलाई धन्यवाद दिइन् । बिगतमा आफु सामन्य युवति रहदा र मिस नेपाल भएपछि गृहनगर फर्कदा अत्यन्तै फरक अनुभव गरेको उनको भनाई छ । यो सम्मानले अगामी दिनमा अझै मिहेनत र संघर्ष गर्न हौसला मिलेको उनले बताइन ।उनले मिस वर्ल्ड २०१६ का लागि निकै मिहेनत गर्ने बताइन् । सम्पुर्ण नेपाल र नेपालीको शीर उचो राख्न आफुले नेपालको प्रतिनिधित्व गरेको बताउदै मिस वर्ल्डमा उपाधि चुम्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताइन् ।
देशभरका सयौ सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी उनलाई गृहनगरका हजारौ स्थानियले मिस वर्ल्ड २०१६ कि लागि शुभकामना दिएका थिए । श्रेष्ठले गत चैत्र २७ गते राजधानीमा सम्पन्न २१ औ मिस नेपालको उपाधि जितेकि थिइन् ।

चितवनका फोटोग्राफर राज कुमार शाह ले कैद गरेका थप तस्वीरहरु हेर्नुहोस :

miss nepal Ashmi Shresthamiss nepal Ashmi Shresthamiss nepal Ashmi ShresthaMiss nepal Ashmi ShresthaMiss nepal Ashmi Shrestha

Namaste Filmy

Read Previous

टंक बुढाथोकीले फिल भर्सनमा निकाले चर्चित गीत "तिमिले बाटो फेरौ अरे " ।भिडियो

Read Next

‘किन गरे माया’ को गीत रिलिज ,जेठ १४ मा प्रदर्शनमा आउने ।भिडियो