'रोल्पा रोग'लाई पिजी सर्टिफिकेट

Rolpa-Rog_namastefilmy2आउदो शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म ‘रोल्पा रोग’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । जसकारण १६ बर्ष मुनिका बालबालिकालाई फिल्म हेर्न अभिभावकको साथ चाहिने भएको छ ।
फिल्मका निर्देशक दिपक वलीले फिल्ममा समावेश द्धन्दका दृश्य र केहि गालीका दृश्यहरुका कारण फिल्मले पिजी पाएको बताए । फिल्ममा द्धन्दकालिन समयमा माओवादिलाई गाली गरेको केहि दृश्यहरु रहेको उनले खुलाए । रोल्पाको ग्रामिण जीवनमा आधारित फिल्मले द्धन्दकालिन युवाहरुको कथा बोकेको छ ।
फिल्मलाई ए वान मुभि मेकरको ब्यानरमा थल बहादुर वली र निर्मला वलीले निर्माण गरेका हुन । शिशिर भण्डारी फिल्ममा फरक भुमिकामा देखिएका छन । त्यस्तै कुलदिप अधिकारी, जनक घर्ती, बिनु खड्का, रामबाबु आक्रोश, सुशिल पोखरेल लगायतको अभिनय रहेको छ ।
मौलिक कथा र ग्रामिण जीवनशैली भएका कारण नेपाली दर्शकका लागि मसलेदार फिल्म बन्ने निर्माण युनिटको बिश्वास छ । Rolpa Rog PG

Namaste Filmy

Read Previous

‘वुद्ध वर्न इन नेपाल’ को गीतमा रमित सग अमेरिकी मोडल तथा नायिका नाच्दै । भिडियो

Read Next

स्वघोषित पोर्न स्टार अर्चना पनेरुको फिल्म 'जिस्म'को पोस्टर सार्वजनिक