डनगिरीमा आधारित ‘रफ्तार’

गोविन्द अर्याल
तीन जना रगत नै रगतले लतपतिएका थिए जसमध्ये एक जना अधबैँसेले क्यामारा रोलिङ एक्सन भने, एक जना हाँस्दै थिए तर एउटी महिला र एउटा पुरूषले आएर लात्ताले हाने अनि फेरि भने, ओके कट । माथिको दृश्य नारायणी नदीकिनारमा अन्तिम फाइटको सुटिङ भइरहेको नेपाली, हिन्दी र भोजपुरी भाषामा बन्न लागेको चलचित्र ‘रफ्तार’ को हो ।
bhojpuriचलचित्र चितवनलगायत काठमाडौँ, बुटवल र मुम्बईमा छायांकन हुनेछ । चलचित्रका निर्देशक समिरकुमार जोशीका अनुसार चितवन हरेक दृष्टिकोणले चलचित्र सुटिङको लागि राम्रो स्थान भएर चलचित्रका आधाभन्दा बढी दृश्य छायांकन गर्न लागिएको जानकारी दिए । करिब ३ करोडको लगानीमा बन्न लागेको यस चलचित्रमा शिव आचार्य, तनुश्री र ध्रुव कोइरालाको मुख्य भूमिका रहेको छ । चलचित्र निर्माता तथा नायक शिव आचार्यका अनुसार सहरमा बढ्दो दादागिरी र यसले ल्याउने परिणाम रोक्न प्रहरीको सिआईडीले गर्ने योजनालाई ‘रफ्तार’मा देखाउन खोजिएको जानकारी दिए ।
dhurba koiralaनेपाली चलचित्रमा प्रवेश गर्नेहरुमा लहलहै र देखासिकी बढी हुने हुनाले नेपाली चलचित्रको विकास हुन नसकेको दुःखेसो गरे । चलचित्रमा आउनुअगाडि एक्टिङ, डान्स राम्रोसँग सिकेर आएमा भविष्य उज्ज्वल हुने दावी आचार्यले गरे । भोजपुरीमा नाम चलेकी नायिका तनुश्रीले यस अगाडिका फिल्म र यसमा निकै अन्तर रहेको जानकारी दिइन् । मैले धेरै सेन्टिमेन्टल फिल्म गरेँ तर निर्देशक जोशीले मलाई एउटा फाइटरको भूमिकामा उभ्याउनु भएको छ । सुरूसुरूमा मलाई गर्न सक्दिनँ कि जस्तो लागेको थियो तर अन्त्यमा सबैको सहयोगले मैले सजिलै यो भूमिका निभाउन सफल भएको छु, उनले थपिन् । साथै, उनले चितवनका रमणीय स्थानको खुलेर नै तारिफ गरिन् । ‘म पहिलोपटक चितवन आएको हुँ, यहाँ आएपछि मलाई फर्कन मन लागेको छैन, जति सुनेको थिएँ त्योभन्दा झन् राम्रो रहेछ चितवन ।’ चितवनमा बसेर चलचित्रमा निरन्तर लागिरहेका पप्पु रौनियार यस चलचित्रका मुख्य सहायक निर्देशक रहेका छन् । उनका अनुसार यस चलचित्रको मुख्य आकर्षण भनेकै द्वन्द्व हो । भदौ १७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको करिब करिब सुटिङ सकिएको जानकारी मुख्य सहायक निर्देशक रौनियारले जानकारी दिए । रफ्तार भनेको तेज हो । जो तेजले अगाडि बढ्न सक्यो, ऊ कहिल्यै पनि जहाँ पनि आफ्नो लक्ष्यमा सजिलै पुग्न सक्दछ । प्रहरी र डनको रफ्तार चल्दछ, जसमा को अगाडि हुन्छ त्यसको लागि चलचित्र नै हेर्नुपर्ने जानकारी रौनियारले दिए ।

Namaste Filmy

Read Previous

स्वघोषित पोर्न स्टार अर्चना पनेरुको फिल्म 'जिस्म'को पोस्टर सार्वजनिक

Read Next

‘द विनर’को गीत सार्वजनिक,भदौ १७ बाट प्रदर्शन आउने ।भिडियो