टाइगर श्रॉफको ‘बागी’ले तिन दिनमा ३८ .५८ करोड़ कमायो

टाइगर श्रॉफ र श्रद्धा कपूरको नया चलचित्र ‘बागी’पहिलो तिन दिनमा शानदार  कमाई गरेको छ ।टाइगर श्रॉफको खतरनाक एक्शनको रहेको ‘बागी’लेपहिलो दिन शुक्रबार ११.९४ करोड़ ,द्रोश्रो दिन शनिबार ११.१३ करोड़ तथा तेश्रो दिन आईतबार १५.५१ करोड़ गरेर तिन दिनमा नै ३८ .५८ करोड़ कमाउन सफल भएको छ ।
baagiयो बर्ष प्रदर्शन  आएको चलचित्रमा पहिलो तिन दिनमा धेरै कमाउने चलचित्रको लिस्टमा तेस्रो स्थनमा परेको छ ।शाहरुखको फिल्म फयान र अक्षय कुमारको फिल्म ‘एयरलिफ्ट’ पछि ‘बागी’ले ठुलो ओपनिंग गरेको छ ।चलचित्रको माउथ पब्लिसिटीले गर्दा सय करोड क्लब चलचित्र पुग्न सक्ने देखिन्छ। सब्बीर खानको निर्देशन रहेको चलचित्र ‘बागी’लव स्टोरीमा आधारित एक्शन चलचित्र हो ।चलचित्रलाई सजिद नाड़ादवालाले निर्माण गरेका हुन् ।२ बर्ष अघि ‘हीरोपंती’ बाट बलिवुड डेब्बु गरेका जैकी श्रॉफको छोरा टाइगर श्रॉफ यस अघि नै आफ्नो अभिनय र एक्शनले सबैको मन जिती सकेका छन् ।

Namaste Filmy

Read Previous

तिर्खाएको दर्शकलाई अमृत बन्न सक्छ 'रोल्पा रोग'

Read Next

‘ट्वेन्टी सेभेन आवर्स’जेठ १४ बाट देशभर प्रदर्शनमा