'नोभेम्बर रेन'को रिलिज डेट सर्यो ।

[dropcap][/dropcap]गामी चैत्र १४ गते सार्वजनिक प्रदर्शनमा आउने भनिएको फिल्म ‘नोभेम्बर रेन’को प्रदर्शन मिति अन्तत सरेको छ । फिल्मको केहि प्रविधिक काम नसकिएकोले रिलिज डेट सरेको बुझिएको छ । फिल्म अब बैशाख १२ मा प्रदर्शन हुनेछ ।noveफिल्मका निर्माण युनिटले फिल्मको पब्लिसिटि राम्रोसंग गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला फिल्मको रिलिज डेट एकाएक सारेको हो । फिल्मका निर्माता सुवास गिरी यतिबेला मलेसियामा रहेकोले प्रचारप्रसार प्रभावकारी हुन नसकेको अर्का निर्मातासमेत रहेका नायक आर्यनको गुनासो छ ।  सुवास गिरीसंगै आर्यन सिग्देलको लागानी रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । आर्यनसंगै, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ लगायतको अभिनय रहेको फिल्मका गीतसंगीतलाई दर्शक स्रोताले रुचाइसकेको छ ।
स्मरण रहोस फिल्म युनिटले यसबर्षको होली भने दर्शकसंगै मनाउदैछ । फिल्म युनिटले काठमण्डौ सहित मोफसलका मुख्य शहरहरुमा दर्शकमाझमा नै पुगेर चैत्र १,२ र ३ गते होली मनाउन लागेका छन ।

Namaste Filmy

Read Previous

कोरियन विज्ञापनमा नेपाली मोडल दिक्पाल कार्की ।

Read Next

नीर शाहले अभिनयमा फर्काए पवन मैनालीलाई ।