नीर शाहले अभिनयमा फर्काए पवन मैनालीलाई ।

[dropcap]ला[/dropcap]मो समय पछि निर्माता तथा अभिनेता पवन मैनाली फिल्ममा देखा पर्ने भएका छन । २०५९ साल फागुन ८ गते बारा जिल्लाको निजगढमा भएको  मोटरसाइकल  दुर्घटना पछि फिल्मबाट टाढिएका पवनले नीर शाहको निर्देशनमा बनिरहेको फिल्म ‘सेतो बाघ’मा अभिनय गरेका हुन ।pawan
चलचित्रमा श्री ५ राजेन्द्रको भूमिका निभाएका पवनले सुटिङ सेटमा सबैलाई रुवाउने गरी आफ्नो बेदना पोखेका थिए । शारीरिक अपांग रहेका पवनलाई निर्देशक नीर  शाहले सजिलैसंग अभिनय गराएका थिए । पवनसंग अदभुत अभिनय क्षमता भएको र पवनको अवस्थाअनुसार नै उहाको भुमिका तयार पारेको शाहको भनाई छ ।
आपांग हुनुअघि करिब १ सय को संख्यामा फिल्ममा अभिनय गरेका पवन  ‘स्प्यास्टिक हेमोप्लेजिया’को शिकार बने जसले गर्दा उनी पूर्ण रुपमा निको हुन सकेन ।
२०४९ सालमा चेतन कार्कीको फिल्म ‘पहिलो’ प्रेमु बाट कलाकारिता जीवन सुरू गरेका मैनालीले दुर्घटना पूर्व किशोर रानाको निर्देशनमा बनेको ‘शिवशक्ति’ मा अभिनय गरेका थिए ।
पवनले निर्माण गरेको फिल्म ुपिंजडाुबाट अभिनेता निखिल उप्रेतीको उदय भएको थियो ।

Namaste Filmy

Read Previous

'नोभेम्बर रेन'को रिलिज डेट सर्यो ।

Read Next

राजधानीका सञ्चारकर्मीहरु बीच 'नोभेम्बर रेन'ले गरायो, रंगको बर्षा ।