
०१ जेष्ठ, युएई ।
छक्का पञ्जा चलचित्रवाट निर्देशनमा हात हालेकी निर्देशक दिपाश्री निरौंलाको चलचित्र “छक्का पञ्जा” ले प्रर्दशन अगावै ठुलो रकममा यम जी भएको छ । भाद्र २४ गते प्रर्दशन मिति तय गरेको चलचित्रलाई F.D कम्पनीले उपत्यका बाहिर ४५ लाखमा विक्रि गरेको हो ।
चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले आफ्नो फेसवुकमा स्टाटस् राख्दै उत्त कुरा जानकारी गराएका हुन् । चलचित्रमा शिवहरी, पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग र नायिका प्रियंका कार्कीका साथमा दीपक र दीपा पनि पर्दामा मुख्य भूमिकामा देखिने छन् ।‘छक्का पञ्जा’ २०७३ सालको वडा दशैको अवसर पारेर रिलिज हुने भनेपनि दशैमा अन्य दुुई ठूला व्यानरका फिल्म ‘किङ्ग’ र ‘किस्मत २’ प्रदर्शनमा आउने भएपछि रिलिज मिति सारिएको हो ।

