दर्शकको मन जित्दै ‘के म तिम्रो होइन र’,माउथ पब्लिसिटीले दर्शक बढ्दै

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘के म तिम्रो होइन र’लाई दर्शकको साथ मिलेको छ । नब नायक आर्यन अधिकारी र नब नायिका मरिष्का पोखरेलको मुख्य भूमिका रहेको ‘के म तिम्रो होइन र’ दर्शकले मन पराएका छन् ।करोड ग्रस कलेक्शनको नजिक पुगेको यस चलचित्रका नायक आर्यन अधिकारीको एक्शनले दर्शकको मन जितेको छ ।चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र एकदमै राम्रो बनेको प्रतिक्रिया दिनुको साथै माउथ पब्लिसिटीले चलचित्रको व्यापार बढ्दै गइ रहेको छ ।
ke m timroफिल्म चलेपछि अभिनेता नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेललाई फाइदा भएको छ ।शुक्रबार औषत व्यापार गरेपनि फिल्म शनिबार उकालिएको थियो । शनिबारमात्र फिल्मको कमाई देशभर आक्रमक व्यापार गरेको थियो ।लचित्रलाई आकाश अधिकारीको निर्देशन गरेका हुन् ।अधिकारी ब्रदर्स पिक्चर्स प्रा.लिको प्रस्तुती र द् स्काई मुभिजको सहकार्यमा निर्माण भएको फिल्म ‘के म तिम्रो होइन र’मा आर्यन र मरिस्कासँगै गौरी मल्ल, मिथिला शर्मा, प्रज्वलसुजल गिरी, सुरेन बसेल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी र बिनोद केसीको अभिनय रहेको छ ।फिल्मलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।
ke ma timro hain rचलचित्रको आईतबार बिग मुभिजमा प्रेश सो गरिएको छ । शोमा कलाकार,निर्माण पक्ष र संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।चलचित्र हेर्ने संचारकर्मीले चलचित्र धेरै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

Namaste Filmy

Read Previous

अनमोल केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को फस्ट लुक सार्वजनिक

Read Next

क्षेत्री ,भाबुक र अर्याललाई चलचित्र पत्रकार संघले सम्मान तथा पुरस्कृत गर्ने