राजधानी बाहिर ‘वुद्ध वर्न इन नेपाल’को प्रचार प्रसारमा रमित ढुंगाना।भिडियो

ramit dhunganaनायक रमित ढुंगानाले निर्माण गर्नु भएको चलचित्र ‘वुद्ध वर्न इन नेपाल’ को प्रदर्शन मिति नजिक आउदै गर्दा रमितले चलचित्रको प्रचार प्रसारलाई बिशेष फोकश गरेका छन् ।सोमबार बुटवलमा चलचित्रको प्रसार प्रसार सगै लियो क्लबको सहयोगार्थ चलचित्रको बिशेष प्रदर्शन समेत गरिएको छ ।बुटवलमा चलचित्र प्रदर्शन पछि दर्शकको उत्कृस्ट प्रतिक्रिया बाट आफुलाई थप हौसला मिलेको बताएका रमितले सोमबार बेलुका चितवनमा चलचित्रको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
press meetयहि शुक्रबार अर्थात् ज्येष्ठ ७ गतेबाट देशैभर एकैसाथ प्रदर्शनमा आउने चलचित्र ‘वुद्ध वर्न इन नेपाल’ मा बुद्धको महत्व र जन्मभूमिको विषय चलचित्रको मुख्य कथावस्तु रहेको छ ।बुद्धको जन्मभूमिको विषयलाई लिएर समय समयमा आउने गरेको विवादलाई मध्यनजर गर्दै चलचित्र निर्माण गरिएको निर्माता एवम् कलाकार रमित ढुंगानाले बताउनु भयो । निर्माता ढुंगानाले निकै अध्ययन पश्चात चलचित्र निर्माण गरिएको बताउनु भयो । यस चलचित्रलाई सरकारले पनि पूर्ण सहयोग र समर्थन गरेको ढुंगानाले जानकारी दिनुभयो ।
press meet chitwanयस चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्द्र्शन रहेको छ । चलचित्रमा रमितसँगै अशिष्मा नकर्मी, अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=64X53mt7JTA

Namaste Filmy

Read Previous

भेनिस फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘कालो पोथी’को ट्रेलर सार्वजनिक। भिडियो

Read Next

सञ्चिताको 'राधा' आवतार । फोटो फिचर