राजधानीका सञ्चारकर्मीहरु बीच 'नोभेम्बर रेन'ले गरायो, रंगको बर्षा ।

 [dropcap]रि[/dropcap]लिज मिति पोस्पोण्ड गरेर बैशाख १२ पुर्याएसंगै फिल्म ‘नोभेम्बर रेन’ टोली दर्शक तथा पत्रकारहरुसंग होली मनाएका छन । फिल्म टोलीको पुर्वयोजनाअनुरुप नै शनिबार काठमण्डौमा एक अपासमा रंग दलेर शुभकामना सटासाट गर्दै होली सेलेब्रेट गरेका हुन ।nov3राजधानीमा आयोजना गरिएको होली बिशेष कार्यक्रममा फिल्मका निर्माता सुवास गिरीबाहेक सबै सदस्य उपस्थित रहेका थिए । गिरी भने हाल मलेसियामा रहेका कारण कार्यक्रममा नआएका हुन । त्यस्तै फिल्मका मुख्य नायक एवं अर्का निर्माता आर्यन सिग्देल पनि दिनको बाह्र बजे तिर कार्यक्रममा आइपुगेका थिए । आफनो नया चलचित्र ‘नाइके’ को छयांकनको लागी पोखरामा रहेका आर्यन दिउसो ३ बजे नै पुन पोखरा फर्किएको बताइएको छ । हतार गरेर कार्यक्रममा आइपुगेका आर्यनले सञ्चारकर्मीकै कारण आज आफु यस ठाउमा उभिएको बताउदै नोभेम्बर रेनलाई पनि माया गरिदिन आग्रह गरेका थिए ।novत्यस्तै नायिका द्धय नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङले पनि फिल्म अत्यन्तै राम्रो बनेको भन्दै फिल्मको स्कृप्ट उत्कृष्ठ रहेको बताए । त्यस्तै कार्यक्रममा नायिका छुल्ठिम गुरुङले नोभेम्बर रेन आफनो पहिलो र अन्तिम फिल्म रहेको बताइन । उनले अब नेपाली फिल्ममा अभिनय नगर्ने घोषण समेत गरेका छन ।nov 1
अब फिल्म टोली होली बिशेष कार्यक्रमको लागी मोफसलमा निस्कनेछ । मोफसलका प्रमुख शहरहरुमा दर्शकसंगै होली मनाउनको लागी आइतबार र सोमबार फिल्म कलाकार, प्राविधिकसहितको फिल्म टोली पुग्नेछ ।nov2

तस्वीर: मिडिया एन पी ।

Namaste Filmy

Read Previous

नीर शाहले अभिनयमा फर्काए पवन मैनालीलाई ।

Read Next

दिपाको नयां फिल्ममा सौगात र केकि को जोडि । चैत्र १० बाट छयांकन थालिने ।