
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’प्रदर्शनमा आएको छ ।यस चलचित्रलाई नायक रमित ढुंगानाले निर्माण गरेका हुन् भने ज्ञानेन्द्र देउजाले निर्द्र्शन गरेका हुन् ।
भारतले भगवान बुद्ध भारतमा जन्मिएको भनिरहेको बेला र बिदेशी कलेजहरुले आफ्नो पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको भनि लेखी पढाईरहेको बेला बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने सन्देश दिन अभिनेता रमित ढुंगानाले ‘बुद्ध वर्न ईन नेपाल’ नामक सिनेमा निर्माण गरेका छन । नेपालमा बुद्धको महत्व र जन्मभूमिको विषय मुख्य कथावस्तु रहेको यस चलचित्र २५६० औं बुद्धजयन्तीको अबसर परेर रिलिज गरिएको हो । चलचित्रमा रमित ढुंगाना ,आशिष्मा नकर्मी , अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनय रहेको छ ।

