भदौ ३१मा आउने भयो ‘गाँठो’ , थीम सङ रिलिज ।भिडियो

चलचित्र ‘गाँठो’ले शनिबार एक पत्रकार भेटघाट कार्यक्रम आयोजित गरेर चलचित्रको रिलिज मिति र गीत सार्वजनिक गरेको छ ।सुरज भुषालको निर्देशन रहेको ‘गाँठो’ भदौ ३१बाट रिलिज हुने भएको छ ।पत्रकार भेटघाटमा थीम सङ (शीर्ष गीत) रिलिज गरियो । पात्र पोस्टर समेत सार्वजनिक गरियो जहाँ पात्र परिचय गराइएको छ ।
gatheनाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल मुख्य भूमिकामा छन् । सम्बन्धलाई केन्द्रिय द्धन्द्ध बनाइएको सिनेमा नम्रताको डेब्यु प्रोजेक्ट हो । अभय र नाजिरलाई दुई परस्पर प्रेमी पात्रको रुपमा स्थापना गरिएको छ । थीम सङलाई अनुपम शर्माले संगीत र स्वर दिएका छन् । मानवीय सम्बन्धको जटिलता गीतको मर्म हो । ‘पात्रमा डुब्न इफोर्ट गरेकी छु ।
gathe postarनाजिर, अभय र सुरजजीको सहयोगले डेब्यु कलाकार महसुस भएन’ नम्रताले संक्षिप्त प्रतिक्रिया दिइन् ।सिनेमाले पेन्टिङ (पानीचित्र) प्रतिस्पर्धा समेत गर्ने भएको छ । विद्यालय, कलेज र खुल्ला स्तरिय प्रतिस्पर्धामा सबैले आफ्नो भावना व्यक्त गर्न पाउने आशा निर्माण कम्पनी बटवाल इन्टरटेनमेन्टको छ । नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको फिल्ममा अरुणा कार्की र ध्रुव कोइरालाको समेत मुख्य अभिनय छ । प्रतीक गुरुङसँग मिलेर सुरजले पटकथा लेखेका हुन् । चलचित्रमा तीलकबहादुर क्षेत्री, नृपेन्द्रराज जोशी र दीपेश भण्डारीको निर्माण रहेको छ ।

Namaste Filmy

Read Previous

'लुकामारी' ट्रेलरमा यस्तो देखिए सौगात । भिडियो

Read Next

अमिताभ बच्चनको फलोअर २.१० करोड