दिपाको नयां फिल्ममा सौगात र केकि को जोडि । चैत्र १० बाट छयांकन थालिने ।

[dropcap]नि[/dropcap]र्देशक दिपा बस्नेतले निर्देशन गर्ने नयां फिल्म ‘श्री ५ अम्बरे’ का लागी कलाकारहरु फाइनल गरिएको छ । नायक सौगात मल्ल र नायिका केकी अधिकारी फिल्मका मुख्य कलाकारका रुपमा रहनेछन । सौगात र केकी पहिलो पटक फिल्ममा सँगै देखिन लागेका हुन् ।Saugat-Malla-in-Soongava-Nepali-Movie
अमृत अग्रवाल निर्माता रहेको ‘श्री ५ अम्बरे’ मा ट्रियु इन्टरटेनर्स र जीवनसाथी फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुनेछ । सौगात र केकीसँगै ‘श्री ५ अम्बरे’ का अन्य कलाकारहरु पनि फाइनल भएका छन् ।फिल्ममा बिक्रम सिंह, मतिन खान, लोकमणी सापकोटा, अर्चना देलाल, सृजना अधिकारी, दिवाज राई, विरल अधिकारी, सफोला भट्टराई, सरोज बस्नेत, रुपक रम्तेल, राजेश बुढाथोकी, सुदीप कार्की, अनन्य गौताम, अमर लामा, अभय लामा, प्रतिमा ढकाल, सुशान्त कार्की, आस्था सिजापती, सतीस अधिकारी लगायतको अभिनय रहनेछ ।। फिल्मका अधिकांश कलाकार अडिसनबाट छनौट गरिएका हुन ।shree 5 ambare
स्क्रिप्ट राईटर अभिमन्यू निरवीले लेखेको फिल्मको अन्य हुन् कलाकार तथा प्राविधिकको नाम भने औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिनेछ । अगामी चैत्र १० गतेबाट छयांकनमा जाने तयारी भइरहेको फिल्मको हाल काठमाण्डौको धुम्बाराईस्थित ट्रियु इन्टरटेनर्सको कार्यालयमा वर्कसप चल्दैछ ।

Namaste Filmy

Read Previous

राजधानीका सञ्चारकर्मीहरु बीच 'नोभेम्बर रेन'ले गरायो, रंगको बर्षा ।

Read Next

नायिका रेखा थापाको निर्देशक श्याम भट्टराईलाई खुल्ला चुनौती ।