कलाकार संघको अवार्डको लागि जुरीले चलचित्र हेर्दै

नेपाल चलचित्र कलाकार संघको आयोजनामा आगामी असार १८ गते काठमाण्डौंको आर्मी अफिसर्स क्लव भद्रकालीमा आयोजना गरीने फान अवार्ड –०७२को चलचित्र अवलोकन कार्य जुरीहरुले प्रारम्भ गरेका छन् । २०७२ सालमा बैशाख १ देखी चैत्र मसान्त सम्म रिलिज गरीएका चलचित्रहरु समावेश गरिने फान अवार्ड –०७२ लाई निश्पक्ष, सटीक एवं भव्य बनाउनका निमित्त विज्ञहरुको जुरी समिति निर्माण गरिएकोमा यसै जुरी समितिले चलचित्रहरु मुल्याङ्कनका लागी हेर्न थालेको हो ।
13275460_1094042760666766_2144702530_oचलचित्रको मुल्याङ्कन गर्न ७ सदस्यीय निर्णायक समिति गठन गरिएको छ । यस निर्णायक समितिमा बरिष्ठ कलाकार हरिहर शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, संगीतकार शुरेश अधिकारी, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय सहित नेपाल चलचित्र कलाकार संघकी महासचिव तथा कलाकार सरीता लामीछाने संघका तर्फबाट एवं वरिष्ठ चलचित्र पत्रकार एवं फान अवार्ड –०७२ आयोजक समितिका सह–संयोजक प्रकाश सुवेदी समितिका तर्फबाट जुरी संयोजक रहेका छन् । जुरीले जेठ ११ मंगलबारका दीन चलचित्र वडा नं. ६, सुश्री र फन्को हेर्दै मूल्याङकन कार्य प्ररम्भ गरेको हो ।
13275460_1094042760666766_2144702530_oचलचित्र कलाकार संघले फान अवार्ड –०७२ का लागी वरिष्ठ कलाकार एवं कलाकार संघका पुर्व अध्यक्ष कृष्ण मल्लको संयोजकत्वमा फान अवार्ड –०७२ आयोजक समिति निर्माण गरेको छ भने अवार्डलाई भव्य बनाउन अन्य विभिन्न समिति निर्माण गरिएका छन् ।
चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले फान अवार्ड –०७२ भव्य सभ्य रुपमा सम्पन्न गरीने बताए । साथै चलचित्रको मूल्यांकन गरी निर्णय सार्वजनीक गर्न पुर्ण रुपमा जुरी समिति नै अधिकार सम्पन्न भएको र त्यसमा कुनै हस्तक्षेप नहुने बताए ।
कलाकार संघले आगामी हप्ता भने एक भव्य कार्यक्रमको आयोजना गरी अवार्ड स्ट्याचु सार्वजनीक गर्दैछ ।
यसै विच चलचित्र विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कारका लागी पनि चलचित्र हेर्ने काम यहि मंगलबार बाटै शुरुभएको छ । विकाश बोर्डको यस पुरस्कारमा रमेश बुढाथोकी, मोहन निरौला, करुण थापा, सरिता लामीछाने एवं शुशील पौडेल निर्णायकमा छन् ।

Namaste Filmy

Read Previous

सलमान खानको बहु-प्रतिक्षित चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक।भिडियो

Read Next

रिलेशनलाई पिजि सर्टिफिकेट,बालबालिकालाई फिल्म हेर्न अभिभावक चाहिने