
यो बर्षको सर्बाधिक चर्चित र बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा’को गीत सार्वजनिक भएको छ । कलाकार दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र‘६क्का पञ्जा’को ‘पुर्व पश्चिम रेल’ बोलको गीत सार्वजनिक गरिएको हो ।फिल्म दिपाश्रीको डेब्यु निर्देशन पनि हो ।सार्वजनिक गीतमा यसअघि नै ‘सुर्के थैली’ हिट दिईसकेका राजनराज शिवाकोटीको संगीत तथा संगीतकार शिवाकोटी र अञ्जु पन्तस्वर रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्ग ‘हैट’, बर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरी लगायतलाई देख्न सकिन्छ ।गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।आमा सरस्वती मूबिज र गीता देवी फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रमा निर्मल शर्मा गैडा सहित अभिनय गर्ने सबै हाँस्य कलाकारहरुको लगानी रहनेछ ।चलचित्रमा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत , पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । ‘छक्का पञ्जा’ आउदो भदौ २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

