मोडल सम्पदा बानियाको मनले विकेश बस्नेत रोजे पछि ।भिडियो

रबि अधिकारी ,चितवन
पछिल्लो समय राजधानी बाहिर बसेर पनि आफुले मोडलिंग क्षेत्रमा प्रवेश गराउने युवा युवतीको लहर नै चलेको छ । केहि समय पहिला सम्म मोडलिंगमा लग्न राजधानी नै जानु पर्ने अवस्था थियो तर अहिले बिस्तारै राजधानी बाहिर बसेर पनि आफुले मोडलिंग क्षेत्रमा सक्रिय गर्न धेरै युवायुवती लागि रहेका छन् ।
biksesh sampadaचितवनमा बसेर आफ्नो ब्यबसाय सगै मोडलिंगमा लागेका युवा ब्यबसाही तथा मोडल विकेश बस्नेत हुन् । चितवनमा हुने ईवेन्ट तथा म्युजिक भिडियो मार्फत उनले आफुले चिनाउन सफल भएका छन् ।बिशेष गरेर मोफसलको राजधानी चितवनमा बसेर उनले आफ्नो मोडलिंग निरन्तरता दिएका छन् ।यिनै मोडल विकेश बस्नेतको अभिनय रहेको नया म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘यो मनले रोजेको’बोलको सार्वजनिक गीतको भिडियोमा विकेश सगै अहिलेको चलेकी मोडल सम्पदा बानियाको अभिनय रहेको छ ।सुमन गुरुङको स्वर रहेको यस गीतलाई किरण माइकलले संगीत दिएका हुन् भने मार्क टेन कालुको शब्द रहेको छ ।गायिका सुमन गुरुङको आवाज रहेको चलचित्र गजलुको ‘मुस्कुराउनु को कथा’ बोलको गीत अहिले चर्चामा रहेको छ ।भिडियो लाई चितवनमा बसेर मोडलिंग आफ्नो छुट्टै पहिचान बनाएका रमेश बस्नेतले निर्देशक गरेका हुन् ।’हत्केलाको मुटु ‘ एल्बममा समाबेश यस गीतको भिडियोलाई सन्तोष सुनवारले छायांकन गरेका हुन् भने निर्देशक बस्नेतले नै सम्पादन गरेका हुन् ।भिडियो पर्यटकीय नगरी सौराहामा छायांकन गरिएको हो ।
https://www.youtube.com/watch?v=lVSK3AwZUXE

Namaste Filmy

Read Previous

संगीतकार अनु मलिक अस्पताल भर्ना

Read Next

'प्रेमगीत' स्टारले नयाँ फिल्म किन खेलेनन् ?