रेखा थापाले गीत गएको फिल्म ‘लालजोडी'को गीत यस्तो छ सुन्नुहोश (अडियो जुकबक्स)

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र “लालजोडी”को अडियो जुकवक्स सार्वजनिक भएको छ ।चलचित्रको युट्युवमा सार्वजनिक भएको चार गीत धेरै राम्रो बनेको छ । अडियोले नै चलचित्र सांगितिक रुपमा सशक्त रहेको बुझ्न सकिन्छ । जुकबक्समा टंक बुढाथोकी,थानेश्वर गौतम, सन्तोष श्रेष्ठ र विक्रम राईले चार गीतमा संगीत दिएका छन् ।
lal-jodiचलचित्रमा समाबेश ‘माँ सकम’ बोलको गीतमा नायिका रेखा थापाले पनि स्वर दिएकी छन् । रेखा सगै प्रल्हाल तिमिल्सिना स्वर रहेको यस गीतमा थानेश्वर गौतमको संगीत रहेको छ । यस्तै ‘आज त क्या ब्युटि’ बोलको गीतमा राजेश पायल राई र मनिषा पोखरेलले स्वर दिएका छन् भने संगीत टंक बुढाथोकिको रहेको छ । ‘घिटि घिटि’ बोलको गीतमा युवराज चौंलागाईंको स्वर छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ त्यस्तै ‘कोही छ मसँग भिड्ने’ बोलको गीतमा कलाकार ज्योती काफ्लेले स्वर दिएका छन् भने संगीत विक्रम राईको रहेको छ ।चलचित्र दिलासा कृयशनको व्यानरमा निर्देशक सुवेदीले चलचित्र निर्माण गरेका हुन् । यस चलचित्रमा ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धी तामाङ, पुरन थापा लगायतको अभिनय रहेको छ ।चलचित्र भदौ१७ बाट प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

यस्तो छ 'लुट' सिक्वेलको ट्रिजर । फाल्गुन १३ मा रिलिज

Read Next

सलमान खानको फिल्म ‘सुल्तान’को गीत सार्वजनिक ।भिडियो